नियम ५८
प्रसुति र प्रसुति स्याहार बिदा
(१) महिला सैनिक व्यक्ति गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी अन्ठानब्बे दिन प्रसूति बिदा पाउनेछ ।
(२) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला सैनिक व्यक्तिले चाहेमा कुनैपनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म वेतलवी प्रसूति बिदा लिन सक्नेछन् । यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रुपमा लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम वेतलवी बिदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ ।
(४) कुनै पुरुष सैनिक व्यक्तिको पत्नी सुत्केरी हुने भएमा त्यस्तो सैनिक व्यक्तिले सुत्केरीको अघि पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(५) प्रसूति र प्रसूति स्याहार बिदामा बस्दा सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(६) प्रसूति विदा तथा प्रसूति स्याहार बिदा पाएका सैनिक व्यक्तिलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई बच्चाको लागि जनही एकमुष्ठ पाँच हजार रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ ।
(७) प्रसूति स्याहार बिदा लिएको सैनिक व्यक्तिले बिदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र आपूm कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(९) उपनियम (८) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने सैनिक व्यक्तिको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।